Out Country Voting/Diaspora

News

Logo

Youtube

Facebook

Instagram

मतदान के का लागि गर्ने

हामीले कस्तो हावामा सास फेरिरहेका छौं, कुन औषधीको मूल्य बढछ, कुन सामानमा कति कर लाग्छ, बसको भाडाको दर, सरकारी अफिसमा काम कसरी हुन्छ, बाढी–पहिरो र विपिन्न पेरिसथिती आउँदा कस्तो रोकथाम गर्न पर्छ, शिक्षकले विद्यालयमा पढाउनु हुन्छ कि हुँदैन, के पढाउनु हुन्छ, र कसरी पढाउनु हुन्छ, हामीले खाने तरकारीको भाउ देखि त्यो तरकारीमा राखेको मल कस्तो छ, —हाम्रो जीवनको हरेक कुरा राजनीतिमा सँग नै जोडिएको छ।

जन्म देखि अन्तै सम्म, खाना देखि लुगा, बस्ने ठाउँ, फेर्ने सास, काम गर्ने ठाउँ– सबै कुरा अन्त्यमा ”“नीति” मा नै गएर जोडिन्छ । नीति बनाउने मान्छेमा नै गएर ठोकिन्छ।

जनताका लागि निर्णय गर्नु सक्ने यस्तो महत्त्वपूर्ण पदमा को छ भन्ने कुराले निकै फरक पार्दछ। त्यसैले, आफ्न जिन्दगीलाई राम्रो बनाउन मत दिना अत्यन्त जरूरी छ।

आर्कोले आएर देश बनाउने होइन, हामी आफैले नै मतदान गरेर पठाएका मान्छेहरूले देश बनाउने हो। यदि हामीले पठाएका व्यक्तिले देश बिगारियो भने, गलत मान्छे पठाएकोमा हामी आफैले नै त्यसको जिम्मेवारी लिनुपर्छ ।

त्यसैले मतदान गर्न अति आवश्यक छ । सही प्रतीनिधिलाई सही ठाउँमा पठाउनका लागि मतदान गर्नुपर्छ।

किन भन्ने हाम्रो मत हाम्रो शक्ती हो ।

View your Voter Registration

If you have already registered, you can look up your name on the voter registration list.